काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ६ बुँदे मार्गचित्रले राजनीति तरंगित बनेको छ । ओलीले प्रतिनिधिसभा पूनःस्थापनालाई पहिलो शर्त बनाएका छन् । तर, संसद् सदस्य नभएको व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाएर जानुपर्ने र घोषित फागुन २१ गते नै प्रतिनिधिसभाको चुनाव गराउन सकिने भनेका छन् ।
ओलीको प्रस्तावले अहिलेका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व सरकारमा नस्विकार्ने तर सुशीलाजस्तै संसद् सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने भनिएको छ । यसअघि प्रतिनिधिसभाको पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय गरेका ओलीले अहिलेको सरकारले चुनाव नगराउने र यसले गराएको चुनावमा भाग नलिने चेतावनी दिएका थिए । तर, हिजो (मंगलबार) साँझ भने ओलीले नयाँ प्रस्ताव अघि सार्दै चुनावको पक्षमा नै पार्टीलाई उभ्याएका छन् ।
यस्तो छ ओलीले अघि सारेको ६ बुँदे मार्गचित्र–
१. असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभा पुनस्र्थापना ।
२. प्रतिनिधि सभाबाट तुरून्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था ।
३. जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट ।
४. जेनजीसहितको सहभागितामा सर्वदलीय÷सर्वपक्षीय सरकार गठन ।
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव ।
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरूबिच अग्रिम सहमति निर्माण । file photo




प्रतिक्रिया