राष्ट्रपति पौडेलको कतार भ्रमण स्विकृत


काठमाडौं, १२ कार्तिक । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्विकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेल यही कार्तिक १७ गते कतार भ्रमणमा जाने भएका छन् ।

राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ नामक कार्यक्रममा सरिक हुन जान लागेका हुन् ।

राष्ट्रपति पौडेलको कार्यक्रम कार्तिक २० गतेसम्म तय भएको छ । file photo