काठमाडौं, कार्तिक १३। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रकाश अधिकारीले बुधबार सरकारसँग भएको त्रिपक्षीय बैठक सकारात्मक भएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच बुधबार भएको त्रिपक्षीय छलफलमा अधिकांश दल र जेनजी प्रतिनिधि फागुन २१ लाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको पक्षमा उभिएको उनले बताए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बौल्दै उनले एमालेले संसद् पुनःस्थापनाको माग राखेपनि अन्य राजनीतिक दल निर्वाचनका लागि सकारात्मक देखिएकाले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।
उनले भने, ‘अहिले मुलुक अप्ठेरो अवस्थामा छ । राजनीतिक दलहरु समयमा निर्वाचन सम्पन्न गराउन सकारात्मक देखिएका छन् । अहिले सबैले परिर्वतन, सुसाशन र भ्रष्ट्राचार मुक्त समाज सबैको चाहान भएकाले देशको प्रगतिको लागि दलहरू निर्वाचन लाग्नपर्छ प्रष्ट पारेको छ ।’
२०८४ सालमा हुन पर्ने निर्वाचन अहिले नै किन गर्न आवश्यक भयो भन्नेबारे मतदातालाई बुझाउन आवश्यक रहेको बताउँदै उनले जेन-जी आन्दोलनको माग चुनाव मात्र नभएर पुरा नहुने भएकाले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया