काठमाडौं, १३ कार्तिक । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू थारु भएकै कारण र अधिकार मागेकै कारण सरकारले आफूलाई जेलमा हालेको बताएका छन् । हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘राज्यले नागरिकलाई न्याय दिनुपर्छ । हो, त्यो न्याय भएन भनेर नागरिकले विद्रोह गर्छन् । अझै ठूलो विद्रोह हुन्छ, कति ठूलो ठूलो विद्रोह हुन्छ, हेर्दै जानुहोस न ।’ जेनजी आन्दोलनपछि देशमा नयाँ तरंग पैदा भएको उनको भनाई छ । उनले वर्तमान संविधानमा नै असहमति रहेको दोहोर्याए ।
उनले टिकापुर घट्ना आफूहरुले नघटाएको दाबी गरे । उनले भने,‘टिकापुर घट्ना कसले घटायो भन्ने कुरा यो देशका सबै ठूला नेताहरुलाई थाहा छ, सबै पूर्व प्रधानमन्त्रीहरुलाई थाहा छ, म आजपनि यस मञ्चबाट सुरक्षाकर्मीहरुलाई भन्छु कि कसैलाई पनि झुटा मुद्दा लगाउनुहुँदैन् ।’




प्रतिक्रिया