काठमाडौं, कार्तिक १४ । बिपी राजमार्गको विभिन्न सडक खण्डमा पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको छ ।
बुधबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण बिपी राजमार्गको काभ्रे र सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका विभिन्न स्थानमा गएको पहिरोका कारण आज बिहानदेखि उक्त सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको चौकीडाँडा, बिरुवा डाँडा, पिप्ले, चारसयबेशी, बोक्सीकुना लगायत कयौ स्थानमा पहिरो खसेको छ ।
यसअघि बिहिबार मात्रै जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहिबार साँझदेखि शुक्रबार बिहान ६ बजेसम्म (हिजो साँझ र आज साँझ) को लागि उक्त सडक खण्डबाट यात्रा गर्न रोक लगाएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।




प्रतिक्रिया