तुइन खोलामा खस्न थाल्यो पहिरो, काठमाडौं आउने बाटो दुईतर्फी अवरुद्ध


काठमाडौं, कार्तिक १४ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्न थालेपछि काठमाडौं आउने बाटो दुईतर्फी अवरुद्ध भएको हो ।

यो ठाउँमा यसअघि पनि पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदै आएको थियो । सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो खस्नेक्रम जारी नै रहेको छ। जसका कारण पहिरो हटाउन सकिएको छैन। पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने छ।

अविरल वर्षा र त्यसपछि आएको पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बन्न सुरु भएका छन् । वीपी राजमार्गपनि बिहानैदेखि अवरुद्ध छ । फाईल फोटो