रास्वपाले आज वृहत् राजनीतिक संवाद गर्ने, यस्ता छन् एजेन्डा


काठमाडौं, कार्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत् राजनीति संवाद गर्ने भएको छ। रास्वपाले दिउँसो १ बजेनेपाल हाउस बालुवाटारमा बृहत् राजनीति संवाद आयोजना गर्न लागेको हो । बृहत् राजनीति संवादका लागि ठूला दलहरू सँगै विभिन्न वैकल्पिक राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिएको छ।

लामो समयदेखि विद्यमान संसदीय अनुभवबाट दिक्क भई परिवर्तनको पक्षमा उभिएका जेन-जी पुस्ताको शान्तिपूर्ण प्रदर्शनपछि विकसित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको संरक्षण र दीर्घकालीन रूपान्तरणको लागि समान सोच र शैली भएका राजनीतिक दल, व्यक्ति, समूह तथा वृहत् राजनीतिक एलायन्सको गृहकार्य स्वरूप यो संवाद आयोजना गर्न लागिएको पार्टी उपसभापति स्वर्णिम वाग्लेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले आन्दोलनको उत्पत्ति र नतिजाबारे साझा बुझाइस् आन्दोलनको उत्पत्ति, नतिजा र आगामी सुधारका सन्देशबारे साझा बुझाइ स्थापित गर्ने, वृहत् एकता र सहकार्यको रेखांकनस् लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने र रणनीतिक साझेदारीको सम्भाव्यतास् उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यतामाथि छलफल गर्ने उद्देश्यसहित बृहत् राजनीति संवाद आयोजना गर्न लागेको जनाइएको छ ।