काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रियामा आफू सहभागी नहुने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता खनालले आफू एकता प्रक्रियामा नजाने भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललगायतलाई शुभकामना दिएका थिए ।
सम्मानित नेता खनालको भनाइ उदृत गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘पार्टी एकताको प्रक्रियाको सन्दर्भमा झलनाथ खनालले एकताको प्रक्रियामा चाहिँ म जान्न । तपाईँहरु जानुस्, शुभकामना छ । म आफ्नै ढंगले बस्छु भन्नुभयो ।’
यतिखेर माओवादी केन्द्र र एकीकृत समाजवादी एकताको प्रक्रियामा रहेका छन् । पार्टीको नाम, संगठनात्मक संरचना, पदाधिकारीलगायतका विषयमा सहमति जुटिसकेकोसमेत बताइएको छ । तर, एकीकृत समाजवादीका सधै नेता तथा कार्यकर्ताहरु भने माओवादीसँग एकता गर्न नहुने पक्षमा उभिने देखिएको छ ।




प्रतिक्रिया