काठमाडौं, १४ कात्तिक । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो सामूहिक हत्या गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए । पछि तिनै मिडियाहरुले माफी मागेको सन्दर्भ पनि उनले जोडे । सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।
‘जाजरकोटमा साह्रा गाउँले उर्लिएर आएर नवराज विकसहित ६ जनाको हत्यो भयो । बझाङमा सम्झना कामीको सामूहिक बलात्कार भयो । काठमाडौंमा पढेका, लेखेका, विद्वान भनिएका बुद्धिजीवी भनिएका, मेनस्ट्रीम हामी हौं भनिएका पत्रकारहरुको समूहिक बलात्कारको सिकार म भएको छु । जसले आफूलाई मेनस्ट्रीम भनेका छन्, जसले आफूलाई विद्वान भनेका छन्, उनीहरुको सामूहिक आक्रमणमा परेर मेरो सामूहिक हत्या भएको छ,’– उनले भने ।
आफू मन्त्रीको डौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने बताए । आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उनले बताए । उनले आफूमाथि लागेको आरोप एक इन्चमात्रै पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले आग्रह गरे ।
गर्दै नगरेको गल्ती र अपराधलाई होजस्तै बनाएर आफूमाथि आक्रमण गरिएको उनले बताए । यो आक्रमणले आफूलाई अझ बलियो र दह्रो बनाएको उनले बताए ।




प्रतिक्रिया