काठमाडौं, १४ कात्तिक । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं पूर्व राज्यमन्त्री सुशीला सेर्पाली ठकुरीले सुदन किरातीले पशुपतिको शव दाहा मेसिन ल्याउँदा घुस आएको आरोप लगाएकी छन् । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रहेका किरातीमाथि आफ्नै पार्टीकी नेतृले भ्रष्टाचारको आरोप लगाएकी हुन् । उनले किरातीलाई ‘एक सय वटा मुसा खाएर विरालो धर्म गर्न गएको प्रसंग निकाल्दै व्यङ्ग गरेकी छन् ।
‘यतिमात्रै होइन पर्यटन मन्त्री हुँदा पशुपतिमा शव दाहा जडान मिसिनबाट कति घुस खाएको त्यो जानकारी पनि यति ईमानदारले पार्टीमा भन्नु पर्ने होइन र ? १०० चुहा खाएर बिल्ली हजको चली भनेको यस्तै ,यस्ताले गर्दा होला,’– सामाजिक सञ्जालमा सेर्पालीले भनेकी छन् ।




प्रतिक्रिया