काठमाडौं, १४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूहरु एकताको विरोधी नभएको बताएकी छिन् । तर, अहिलेको अवस्थामा माओवादीसँग हुने एकतामा सहभागी नहुने स्पष्ट पारेकी छिन् । आफूहरु वामपन्थी एकता र ध्रुवीकरणको पक्षमा रहेको उनको भनाई छ । पार्टीको केन्द्रीय कमिटीको बैठक चलिरहँदा झाँक्रीले फेशबुकमार्फत यस्तो टिप्पणी गरेकी हुन् ।
उनले लेखेकी छिन्–‘हामीलाई एकता विरोधि कित्तामा राख्दै हुनुहुन्छ? गलत। एकता भएन भने तपाई र तपाईलाई मर्जर गर्नेुपर्नै पार्टीले एकता गर्न नचाहे हुने हो। हामीहरू त बामपन्थि एकता र धुर्वीकरणको पक्षमा हो।त्यसको लागि न्यूनतम सर्त पार्टीको पुर्गठन, रूपान्तरण र एकता हो। माओवादीसंग मात्र यहि विधमान अबस्थामा हुने एकतामा हामी सहभागी हुदैनौ मात्र भनेको हो।तपाईहरू जो जो यो एकतामा सहमत हुनुहुन्छ तपाईहरूलाई बाधा पार्न चाहान्नौ मात्र भनेको हो।’




प्रतिक्रिया