विप्लवलाई चीरन पुनको चिठ्ठी, ‘फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु’


काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता चिरन पुन (मिलन सी) ले विप्लवलाई सम्बोधन गरेर चिठ्ठी लेखेका छन् । पार्टीमा विप्लवसँग सहकार्य भएको १४ वर्ष लागेको भन्दै एकताको विषयमा आफूहरुको कुरा नमिलेको उनको भनाई छ । उनले कम्युनिष्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवश्यकता भएको उल्लेख गरेका छन् । बहृत कम्युनिष्ट एकताले मात्र नेपाली विशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुनसक्ने उनको निश्कर्ष छ ।

यस्तो छ विप्लवलाई चिरनले लेखेको पत्र :

प्रीय एबम आदरणीय महासचिव
कमरेड बिप्लव सी,
अभिवादन !

आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।