माओवादीसँगको एकताका लागि वामदेवको शर्तः प्रचण्ड, माधव र झलनाथ रिटायरमेन्ट हुनुपर्छ


काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले एकीकृत समाजवादी र माओवादीबीच एकता हुँदा एमालेभित्र पनि विद्रोह हुने बताएका छन् । आज (शुक्रबार) केन्द्रीय समितिमा आफ्ना धारणा राख्दै नेता गौतमले एकतालाई एमालेसम्म पनि पुर्याउनुपर्ने बताए । ‘सबै पार्टीहरूसित, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ। अब हामी यहाँबाट अगाडि बढ्छौै,’– उनले भने ।

उनले एक दिन सबै एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर अगाडि बढ्ने बताए । उनले आफू पार्टी नेतृत्वबाट जुनसुकै बेला पनि हट्न तयार रहेको बताउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालले नेतृत्व छाड्नुपर्ने बताए । ‘अब कमरेड झलनाथ खनालको पनि यस्तै रिटायरमेन्ट हुनुपर्छ। माधव पनि रिटायरमेन्ट हुनुपर्छ। प्रचण्ड पनि हुनुपर्छ,’– उनले भने ।