काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकले दुई पार्टीसँग एकता गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी केन्द्र र नेसपाबीचको एकतालाई अनुमोदन गरेको निर्णय सुनाएका थिए । उनको प्रस्तावलाई केन्द्रीय कमिटीको हलले ताली बजाएर अनुमोदन गरेको थियो । एकीकृत समाजवादीका ठूलो हिंस्सा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत भने एकताको विपक्षमा छन् ।




प्रतिक्रिया