पार्टी एकतापछि पदीय व्यवस्थापन र पार्टी सञ्चालनको मोडालिटीबारे छलफल गर्दै माओवादी केन्द्र


काठमाडौं, कार्तिक १५ । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दै छ। आज अपराह्न ३बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता बैठकमा नेकपा (एकिकृत समाजवादी) सँग हुने पार्टी एकताबारे निर्णय गरिने छ । बैठकमा एकतापछिको पदीय व्यवस्थापन र पार्टी सञ्चालनको मोडालिटीबारे छलफल हुँदैछ ।

यसअघि एकीकृत समाजावादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले एकता गर्ने निर्णय गरेपनि समाजवादीका एक दर्जनभन्दा बढी नेताहरू भने माओवादीसँगको एकतामा सामेल नहुने भएका छन्। माओवादीसँग पार्टी एकता नभई गाभिएको भन्दै असुन्तुष्ट पक्ष यसमा सामेल नहुने भएको हो ।