काठमाडौं, १५ कार्तिक । डा. भीमबहादुर रावलले हिजो (शुक्रबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा फर्कन भनेर गरेको आह्वानको कुनै सार्थकता नभएको टिप्पणी गरेका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने भनेर बहुमतको निर्णय लिएपछि ओलीले लिखित अपिल गर्दै एमालेमा फर्कन आह्वान गरेका थिए । त्यही आह्वानलाई रावलले भने ढोक्सा थापेको भनेर त्यसको कुनै सार्थकता नभएको भनिदिए ।
यस्तो छ रावलको धारणाा :
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त एमाले अध्यक्ष केपी ओलीले एमाले छोडेर जहाँसुकै गएका भएपनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो। साँच्चिकै अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्ष अगाडि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृति सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो। विगतमा भएका गल्ती कमीहरूका साथै भदौ २३ र २४ गते को अकल्पनीय घटनामा राष्ट्रले ब्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो। त्यो केही नगरी शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।




प्रतिक्रिया