काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ । आज (शनिबार) पार्टीको १५औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्नका लागि कांग्रेस पदाधिकारी बैठक बसेको थियो । पार्टीको महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि निष्कर्षमा पुग्नका लागि दपदाधिकारी लाबैठक निष्कर्षविहीन भएको हो ।
पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठक निष्कर्षविहीन भएको बताए । प्रवक्ता महतले भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक भने बस्ने बताए ।
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका पेश गर्ने तयारी गरेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हिजो (शुक्रबार) को केन्द्रीय समिति बैठक स्थगित गरेका थिए । महामन्त्रीद्वयले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने केन्द्रीय समिति बैठकमै नआउने चेतावनी दिएका थिए । आगामी पुस १६ गते विश्वेश्वर प्रसाद कोइरालाले मेलमिलापको नीति लिएर स्वेदश फर्किएको दिन महाधिवेशन उद्घाटन गर्ने गरी महामन्त्रीद्वयले कार्यतालिका तयार गरेको बताइएको छ ।




प्रतिक्रिया