काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरुलाई एमालेमा फर्किन कुनै आपत्ति नरहेको बताएका छन् । आज (शनिबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले ढोका राम्रोसँग खोलिएको र बस्ने ठाउँको व्यवस्था गरिएको खण्डमा एमालेमा फर्किन तयार रहेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो एक सन्देश जारी गर्दै पार्टी छाडेका नेताहरुलाई पुरानै घरमा फर्किन अपिल गरेका थिए । सोही प्रसंगमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सम्मानित नेता खनालले भने, ‘हामी कोही पनि वनमा छैनौं, घरमै छौं । ढोका राम्रोगरी खोल्नुपर्यो । बस्ने ठाउँहरु राम्रोसँग बनाउनुपर्यो । त्यो बनाउनुभयो भने फर्किनलाई के आपत्ति छ र ?’




प्रतिक्रिया