एकीकृत समाजवादीसँगको एकताको विपक्षमा उभिए जनार्दन शर्मा


काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले तत्काल माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता गर्न नहुने मत राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा मिडियाकर्मीहरुलाई दिएको प्रतिक्रियामा उनले आफूले बैठकमा तत्काल एकता गर्न नहुने प्रस्ताव राखेको खुलाए ।

उनले माओवादीमा कुनै पहिरो नजाने बरु माओवादी सुदृढीकरण गर्नेतर्फ आफू लाग्ने स्पष्ट पारेका छन् । उनले भने,‘वैचारिक विचलनतिर जाने एकतातिर हामी जानुहुन्न। हामीले समग्र कम्युनिस्ट आन्दोलनलाई जाने गरी आम अभियान चलाउने गरी दुई चार महिनामा नयाँ ठाउँमा पुग्न सकिन्छ। त्यो सम्भावना छ।’ file photo