काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) सँग हुन लागेको पार्टी एकतालाई लिएर माओवादी केन्द्रका नेताहरु दुई धारमा विभाजित भएका छन् । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताहरु एकताको पक्षमा उभिएका छन् भने एकताको विपक्षमा जनार्दन शर्माले मत राखिराखेका छन् । नेता शर्माले एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक गल्ती र हानिकारक हुनसक्ने बताएका छन् ।
नेता शर्माले आफ्नो पार्टीका नेता कार्यकर्तालाई चाहिँ पाखा लगाएर बाहिरबाट ल्याएर पार्टी नबन्ने बताए । उनले यसलाई कसैले पनि नपत्याउने बताए । आन्तरिक रुपमा पार्टी सुदृढ नगरीकन एकता गर्न नहुने बताए । ‘आफ्ना नेता कार्यकर्तालाई पाखा लगाउने, जा भाग, निस्की भन्ने अनि बाहिरबाट ल्याएर यो पार्टी बन्छ ? कसले पत्याउने ? यो पत्याउने कुरा होइन । त्यसैकारणले यो पार्टी आन्तरिक रुपमा सुदृढ नगरीकन एकता गर्ने बेला भएको छैन,’– पार्टी सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।




प्रतिक्रिया