प्रचण्ड र माधव नेपालबीच पर्सी पार्टी एकता गर्ने सल्लाह


काठमाडौं, कार्तिक १६ । नेकपा (माओवादी केन्द्र) र नेकपा (नेकपा एकीकृत) समाजवादीबीच पर्सी मंगलबार पार्टी एकता हुने भएको छ ।

माओवादी सचिवालय सदस्य हरिबोला गजुरेलका अनुसार एकीकृत समाजवादीसँग कात्तिक १८ गते एकता हुन लागेको हो । पार्टी एकताबारे निर्णय लिन माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादीको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । यस्तै, नेत्रविक्रम चन्द विप्लवबाट फुटेको एउटा समूह पनि माओवादी–एकीकृत समाजवादीको एकतामा सामेल हुनेछ ।