काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेबाट सुरु हुने भनिएको छ । यसअघि कार्तिक १३ गते बसेको बैठकमा महामन्त्री गगन थापा अनुपस्थित् थिए । उनले १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न खोजेका थिए । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रोकेपछि उनी बैठकमा सहभागी नभएको भनिएको छ ।
यो बीचमा थापा र खड्काबीच सम्वाद भएको भनिएको छ । आजपनि कार्य सम्पादन समितिको बैठक बसेको छ । अहिले १५औं महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसमा विवाद उत्पन्न भएको छ ।
संस्थापन पक्ष चुनावपछि वा चुनावकै मुखमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ । यता, गगन थापा समूह भने मंसिरमै महाधिवेशन गरिनुपर्ने पक्षमा छ । यसले अहिले पार्टीभित्र विवाद उत्पन्न भएको हो । file photo




प्रतिक्रिया