हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो मान्यता


काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । धरान उपमहानगरपालिकाकाका प्रमुख साम्पाङले यस अघि नै दल दर्ताको लागि निवेदन दिएका थिए ।

साम्पाङले आज (आइतबार) निर्वाचन आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र बुझेका छन् । धरानका मेयर साम्पाङ श्रमदानमार्फत राष्ट्रिय राजनीतिमा चर्चामा छन् । उनले दलको नाम पनि श्रम संस्कृति राखेका छन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोकेको छ । निर्वाचनलक्षित गरी अहिले विभिन्न दलहरु दर्ता प्रक्रियामा रहेका छन् ।