काठमाडौं, १६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पार्टीको सचिवालय बैठक बहिस्कार गरेका छन् । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने विषयलाई लिएर खनाल र भुसालले सचिवालय बैठक बहिस्कार गरेका हुन् । खनाल र भुसाल माओवादीसँगको एकताको पक्षमा छैनन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सम्मानित नेता खनालले स्वास्थ्यको समस्या देखाउँदै बैठकमा नआएको र महासचिव भुसालले भने कुनै जानकारी नगराएको बताए । एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता गर्ने घोषणा समेत गरेको छ ।




प्रतिक्रिया