काठमाडौं, कार्तिक १७ । गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ । एमालेसँग एकता गर्दा छुट्टिएका किराती समाजवादीसँग एकता गर्दा माओवादीमै फर्किएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले सहमती पत्र सार्वजनिक गर्दै किराती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको जानकारी दिएका छन् ।
तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण भई नेकपा बनेपछि किरातीले माओवादी केन्द्र ब्युँताएका थिए । तर, सर्वोच्च अदालतले नेकपा एकता खारेज गर्दै पुरानै पार्टीहरू ब्युँताइदिएपछि किरातीले पार्टीको नयाँ नाम एकीकृत नेपाल कम्युनिस्ट पार्टी राखेका थिए । नेकपा माओवादीले एकीकृत समाजवादीसहित विभिन्न ८ वटा घटकसँग यही कात्तिक १९ गते एकता गर्दैछ ।





प्रतिक्रिया