काठमाडौं, १७ कार्तिक । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालेका कुलमान घिसिङ २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरि तयारीमा जुटेका छन् । त्यसको लागि उनले आफ्नै नेतृत्वमा नयाँ दल खोल्ने गृहकार्य गरेको चर्चा छ ।
कुलमान चुनाव लड्नेबारे हालै सम्पादकहरुसँगको प्रधानमन्त्रीको अन्तरक्रियामा पनि कुरा उठेको थियो । प्रधानमन्त्री कार्कीले आफ्नो सरकारमा सहभागी कोही पनि मन्त्रीहरु चुनाव नलड्ने दाबी गरेकी छिन् । प्रधानमन्त्रीले यस्तो दाबी गरिरहँदा छलफलमा सँगै रहेका कुलमानबारे भने प्रधानमन्त्रीले चुनाव लड्ने कुरा सुनेको भनेकी थिईन् । लगत्तै उनले कुलमानको नाम लिएर के छ तयारी भनेर सोधेकी थिईन् ।
प्रधानमन्त्रीले चासो राख्दा कुलमानले भने कुनै प्रतिक्रिया दिएका थिएनन् । यो अन्तरिम सरकार बन्नुअघि कुलमान आफ्नै नेतृत्वमा दल बनाउनेगरि गृहकार्यमा थिए । उनी अमेरिका, युरोपलगायतका देशको भ्रमणमा समेत गएका थिए । कुलमानले रास्वपाका नेताहरुसँग पनि निरन्तर छलफल गरिराखेको बताईन्छ ।
यता, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगपनि कुलमानले निरन्तर छलफल गरेका छन् । बालेनको साथ लिनेगरि उनी आफ्नै नेतृत्वमा दल खोल्ने तयारीमा जुटेका हुन् । उनी आज/भोलिभित्रै दल दर्ता गर्नेगरि छलफलमा छन् । आफ्नै नेतृत्वमा दल खोल्दा उनी अहिलेको मन्त्रीको जिम्मेवारीबाट अलग हुने बताईएको छ । अहिले कुलमानले उर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व सम्हालेका छन् । file photo




प्रतिक्रिया