काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका चुनावअघि पनि पछि भन्ने विषयमा विवाद चुलिएको छ । आज संस्थापन पक्षधर केन्द्रीय सदस्यहरु छुट्टै छलफलमा जुटेका छन् । उनीहरुको भेला बानेश्वरमा सुरु भएको छ । आनन्दभूमि ब्यांक्वेटमा छलफलमा जुटेका उनीहरुले १५औं महाधिवेशनको लागि मिति प्रस्ताव गर्ने बुझिएको छ ।
अहिले संस्थापन पक्ष १५औं महाधिवेशन बैशाखमा गर्नुपर्ने पक्षमा उभिएको छ। तर, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भने चुनावअघि नै महाधिवेशन गरिनुपर्ने पक्षमा उभिएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीभित्रको विवाद सुल्झाउन लागिपरेका छन् ।
उनी लगातार असन्तुष्ट पक्षधर नेताहरुसँग सम्वादमा जुटेका छन् । उता, यसअघि विशेष महाधिवेशनको लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरुले आज डा. शेखर कोइरालासँग छुट्टै छलफलसमेत गरेका छन् ।




प्रतिक्रिया