दल विभाजन रोक्न माग गरेको राउतको रिट सुनुवाईको पेसी तोकियो


काठमाडौं, १७ कार्तिक । जनमत पार्टीका अध्यक्ष सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । राउतको रिटको सुनुवाईको लागि सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।

यो रिटमा यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो । त्यसमा अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न र छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको थियो ।