काठमाडौं, १७ कात्तिक । विपी चिन्तन प्रतिष्ठानले जेन–जी आन्दोलनको क्रममा देशमा भएको विध्वंशबारे सर्वपक्षीय राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले आगामी मंसिर १ र २ गते अन्तर्क्रियात्मक कार्यक्रम गर्न लागेको बताएको हो ।
विपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य वशन्त शर्माले आफूहरुको सम्मेलन राष्ट्रिय, भ्रष्टाचारको अन्त्य, जेन–जीको मागको सम्बोधन र त्यसको व्यवस्थापनका लागि रहेको बताए । ‘ हाम्रो सर्वपक्षीय राष्ट्रिय सम्मेलन राष्ट्रिय एकता, भ्रष्टाचारको अन्त्य, जेन–जीको मागको सम्बोधन र त्यसको व्यवस्थापनका लागि हो,’– उनले भने ।
कार्यक्रममा विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, सहअध्यक्ष पुष्प आचार्य, महासचिव देवी आचार्यलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया