निर्वाचनबारे निर्णय अधिवेशनले गर्छः लोसपा अध्यक्ष ठाकुर


काठमाडौं, १७ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताएका छन् ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने निर्णय नभएको बताए ।

विद्यापति स्मृति पर्वका अवसरमा आज जनकपुरधाममा आयोजित समारोहमा विद्यापतिको योगदान, महत्व तथा गरिमाको चर्चा गरे । सो अवसरमा कविता वाचनसमेत गरिएको थियो ।