जाँचबुझ आयोगले रवि लामिछानेसँग पनि बयान लिने


काठमाडौं, १८ कात्तिक । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । उक्त आयोगले लामिछानेको बयान लिन लागेको हो । स्रोतले जनाएअनुसार आजै लामिछानेको बयान लिने तयारी रहेको छ ।

सहकारी ठगी मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा छन् । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्किएका थिए । उनी केही समयपछि आफैं कारागार फर्किएका थिए । लामिछानेकै कारण धेरै कैदीबन्दीहरु जेलबाट भाग्न सफल भएको आरोप उनीमाथि छ ।