भदौ २४ गतेको तोडफोड र आगजनी छानविन गर्न माग गर्दै सर्वोच्चले दियो जाहेरी


काठमाडौं, १८ कात्तिक । सर्वोच्च अदालतले भदौ २४ गते भएको तोडफोड र आगजनी छानविन गरी दोषीमाथि कारबाहीको माग गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्चमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट सर्वोच्चको भवन र ठूलो संख्यामा मिसिलहरु जेलर नष्ट भएको छ ।

सर्वोच्चले घटनाको सम्बन्धमा छानविनसहित दोषी पहिचान गरी कारबाहीको माग गरेको छ । किटानी जाहेरी भने कसैको नाममा पनि परेको छैन । सर्वोच्चले सो घटनाको सन्दर्भमा जाहेरी दिएपछि अन्य मातहतका अदालतले पनि जाहेरी दिने तयारी थालेका छन् ।

भदौ २४ गतेको आन्दोलनमा सर्वोच्चसहित काठमाडौं जिल्ला अदालत, बाँके जिल्ला अदालत, रूपन्देही जिल्ला अदालत, विशेष अदालत, चितवन जिल्ला अदालतलगायतमा आगजनी र क्षति भएको छ ।