काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुको भेला सुरु भएको छ । काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरु पनि सहभागी छन् ।
उनीहरुले पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने हुन्छ । नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै उनीहरुले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरेका थिए ।
साथै, कांग्रेसको केन्द्रीय समिति बैठक पनि जारी रहेको छ । केन्द्रीय समितिमा महामन्त्रीद्वयले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने भनिए पनि संस्थापन पक्षधरसँग कुरा मिलिसकेको छैन । संस्थापन पक्षधरहरुले भने आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।




प्रतिक्रिया