देशभक्त युवा अभियान नेपालले निकासका लागि सुझायो उपायहरु


काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै निकासका लागि उपायहरु सुझाएको हो ।

देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा सुधार, शासकीय स्वरुपमा सुधार, प्रगतिशील एजेण्डा जेन–जीसहितको मोर्चा, युवा पुस्ताको राजनीतिमा सहभागितालगायतको उपाय सुझाएको छ ।

त्यस्तै, विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति र राष्ट्रिय सुरक्षाको विषयबारे पनि देशभक्त युवा अभियान नेपालले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा देशभक्त युवा अभियान नेपालका संयोजक प्रकाश शाही, दिनेश विक्रम चन्द, सुमनसिंह पौडेल, लक्ष्मण पौडेल, अटल पाण्डे, प्रकाश डुम्रेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।