कांग्रेस केन्द्रीय समिति बैठक जारी


काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक करिब १ घण्टा ढिलो गरी सुरु भएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक यसअघि गत शुक्रबार र आइतबार पनि बोलाइएको भए पनि अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको छ । विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा कांग्रेसका यतिबेला विवाद उत्कर्षमा रहेको छ ।

यता विशेष महाधिवेशन पक्षधरहरुले काठमाडौंको थापागाउँमा जारी रहेको छ । आजको केन्द्रीय समिति बैठकका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने सम्भावना रहेको बताइएको छ ।