माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक जारी


काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ । काठमाडौंको कमलादीमा सुरु भएको आजको आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच भोलि (कात्तिक १९ गते) पार्टी एकीकरण घोषणा हुँदै छ । पार्टी एकीकरणपछि दुवै दल एउटै नयाँ नामबाट चिनिनेछन् । यसअघि माओवादीको अन्तिम बैठक बसेको हो ।