काठमाडौं, १९ कात्तिक । राइज क्यालिस्थेनिक्स ललितपुरले ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप–२०२५’ आयोजना गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी शनिबार (कात्तिक २२ गते) ललितपुरको गोदावरी–६ स्थित कोतडाँडा एग्रो रिसोर्टमा प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो ।
राइज क्यालिस्थेनिक्स ललितपुरका अध्यक्ष जगदीशचन्द्र जोशीले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा प्रतियोगिता हुन लागेको बताए । उनले उक्त प्रतियोगितामा ७ जना भारतीय खेलाडी र नेपालका ४० जना भन्दा बढी खेलाडीले चार वटा विधामा प्रतिस्पर्धा गर्ने बताए ।
अध्यक्ष जोशीका अनुसार क्यालिस्थेनिक्सका चार विधामध्ये इन्डारेन्स तर्फ ३५ हजार, स्ट्याटिकतर्फ ८० हजार, फ्रिस्ट्यलतर्फ ३५ हजार र फिमेल स्ट्याटिकतर्फ ५० हजार पुरस्कार राखिएको छ । साथै, दुई लाख ५० हजार बराबरको गिफ्ट ह्याम्पर पनि राखिएको छ ।




प्रतिक्रिया