काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, हत्या, कुटपिट, तोडफोड, लुटपाट र आगजनीलगायतका घट्नाहरुको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानविन गरिनुपर्ने बताएका छन् ।
पार्टीको आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा यादवले यस्तो लेखेका छन् । उनले भने,‘२०८२ साल भाद्र २३ र २४ गते आन्दोलनका क्रममा भएका हिंसा, हत्या, कुटपीट, तोडफोड, लुटपाट र आगजनीलगायतका घटनाहरूको सम्बन्धमा सत्य(तथ्य पता लगाउन उच्चस्तरीय न्यायिक छानविन गरिनुपर्दछ । छानबीन र अनुसन्धानका प्रतिवेदन तत्काल सार्वजनिक गरी जनतालाई सत्य तथ्यसम्बन्धी जानकारी गराउने र उक्त घटनामा दोषी ठहर भएका व्यक्तिहरू उपर कानुनी कार्यवाही गरिनुपर्दछ ।’




प्रतिक्रिया