काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पार्टीमा वामदेव गौतमलाई उत्पादनसम्बन्धी जिम्मा दिने घोषणा गरेका छन् । उनले वामदेवले समाजवादी यात्राको बारेमा प्रश्न उठाएपछि दाहालले उत्पादनको जिम्मा दिने घोषणा गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा नेकपाकालिन एकतापनि समाजवादी यात्राको लागि भएको भन्दै अहिले पनि त्यो यात्रा यही धारबाट पूरा हुने दाबी गरे ।
जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई नयाँ ढंगले अघि बढाउने र त्यसको नेतृत्व यही पार्टीले गर्ने बताए ।उनले आफूहरुसँग कमजोरी सच्याउनु र सच्चिनुको कुनै विकल्प नभएको बताए ।




प्रतिक्रिया