वैकल्पिक शक्ति बनाउन बाबुरामको सक्रियता, जनार्दनसहितको छलफल


काठमाडौं, २० कार्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक शक्ति निर्माणको लागि सक्रियता देखाएका छन् । उनले माओवादीबाट अलग भएका र एकता प्रक्रियामा सामेल नभएका जनार्दन शर्मालाई समेत जोड्न खोजेका छन् ।

आजमात्रै बाबुरामको पहलमा नयाँ एलायन्स बनाउनेबारे छलफल भएको छ । छलफलमा जनार्दन शर्मा, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल सहभागी छन् । जनार्दनको समूहका नेता सुदन किरातीपनि सरिक छन् । जनार्दनले माओवादी छोडेर अब प्रगतिशील अभियान चलाउने घोषणा गरेका छन् ।