काठमाडौं, २० कार्तिक । विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । माओवादीसँग अलग भएको झण्डै डेढ दशकपछि संसदीय चुनावमा भाग लिने घोषणा गरेका विप्लवले आज काठमाडौंमा जनप्रदर्शन गर्न लागेका हुन् ।
त्यसको लागि आज दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभाको आयोजना गरिएको छ । त्यसअघि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुने भएको छ । हिजोमात्रै विभिन्न १० वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा भएको छ । घोषणासभामा संयोजक प्रचण्डले अब देशको एक नम्बर पार्टी बन्ने दाबीसमेत गरेका थिए ।




प्रतिक्रिया