काठमाडौं, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक ध्रुवीकरणको लागि पहल लिएका छन् । उनले जेनजी विद्रोहपछि बदलिँदो राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पूनर्गठनसहित व्यापक राजनीतिकक ध्रुवीकरण गर्दै भरपर्दो बलियो शक्ति निर्माण गर्ने भनेका छन् ।
बाबुरामको सचिवालयले छलफलबारे लेखेको छ–
‘जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ रवैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच गम्भीर छलफल जारी ।’




प्रतिक्रिया