काठमाडौं, २० कार्तिक । हामी नेपालीका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि खनिएका छन् । गृहमन्त्री अर्यालपनि तत्कालिन केपी शर्मा ओली सरकारकै पारामा ढल्किएको उनको आशंका छ । उनले शक्तिशालीलाई नुछने ओलीको पारामा ढल्किएको हो भनेर गृहमन्त्रीमाथि प्रश्न उठाएका छन् ।
उनले निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा के फरक देख्नुभयो भन्दै गृहमन्त्री अर्यालसामू थप प्रश्न गरेका छन्। उनले लेखेका छन्–‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा-गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’ उनले ह्यासट्यागमा भने लुते गृहमन्त्री र लाज छैन गृहमन्त्री उल्लेख गरेका छन् ।





प्रतिक्रिया