काठमाडौं, कार्तिक २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजबाट सुरु हुँदैछ । चितवनको सौराहामा बस्ने विस्तारित बैठकमा आसन्न निर्वाचन, महाधिवेशनबारे टुंगो र पार्टीको आगामी रणनीतिबारे छलफल हुँदैछ ।
बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
रास्वपाले आज र भोली बस्ने बैठकमा सहभागी हुन पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधिलाई सौराहमा डाकेको छ ।




प्रतिक्रिया