काठमाडौं, २१ कात्तिक । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको भन्दै उक्त रिसोर्टमा जेन–जी आन्दोलनको क्रममा आगजनी भएको थियो ।
रिसोर्ट आगजनीमा संलग्न रहेको आरोपमा रुपक नेपाली, खड्कबहादुर थापा, खुमराज गुरुङ, नवराज खड्का र एलिसा गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको बताइएको छ ।




प्रतिक्रिया