काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिनको लागि नयाँ मतदातालाई आग्रह गरेका छन् । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री कार्कीले भनिन्,‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् । पहिलो, तपाई–हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन। दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ। अथवा, यहाँहरु आफै सही प्रतिनिधि बन्नुपर्छ।’
विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नपनि प्रधानमन्त्री कार्कीको अपिल छ । उनले थप भनेकी छिन्,‘मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’




प्रतिक्रिया