मधेशका सांसद अन्सारीले आफैंलाई दले कालो मोसो


काठमाडौं, २२ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले संसद्को रोस्टममै कालो मोसो दलेका छन् । दल र सांसदहरूको नैतिक धरातल सकिएको भन्दै सांकेतिक रुपमा कालो मोसो दलेका हुन् ।

मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने प्रयोजनका लागि आज मधेश प्रदेश सभा जारी रहेको छ । उनले मुख्यमन्त्री सोनललाई मधेश प्रदेशसभाले मुख्यमन्त्री नबनाएर केन्द्रले बनाएको आरोप लगाए । उनले बोलिरहेको बेलामा सभामुख रामचन्द्र मण्डलले माइक काटेपछि नेता अन्सारीले खल्तीबाट कालो मोसो निकालेर आफ्नै अनुहारमा दलेका हुन् ।

उनले आज आफू समुहिक अपराध स्वीकार गर्न आएको बताए । ‘आज म हाम्रो सामूहिक अपराध स्वीकार गर्न आएको हुँ । हामीभन्दा अगाडिको प्रदेशसभाको पनि । आज ८ वर्ष भयो संघीयताको लागि भएको आन्दोलनको केन्द्रविन्दु् यो मधेश हो । सबै दलहरु सरकारमा आइसकेका छन्,’– उनले भने ।