काठमाडौं, २२ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज विश्वासको मत मागेका छन् । प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेका छन् ।
तर, उनलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको दल माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णले विद्रोह गर्ने घोषणा गरेका छन् ।
उनीहरुले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भनेपछि मुख्यमन्त्री सोनललाई विश्वासको मत लिन सकस परेको छ ।




प्रतिक्रिया