काठमाडौं, २२ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामाको घोषणा गरेका छन् । मुख्यमन्त्री सोनलले विश्वासको मत मागेका थिए । तर, आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका दलका केही सांसदहरुले नै विश्वासको मत नदिने घोषणा गरेपछि मत विभाजनको प्रक्रियामा जानुअघि नै सोनलले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अब मत विभाजनको प्रक्रियामा जानुनपरेको भन्दै आजको बैठक स्थगित् गरेका हुन् ।




प्रतिक्रिया