काठमाडौं, २२ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ । विमानस्थलमा रन–वे बत्तिमा समस्या भएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको जनाईएको छ । यद्धपी समस्या समाधानको लागि प्राविधिक कामको थालनी गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।




प्रतिक्रिया